१८ भाद्र २०८३, बिहीबार

प्राकृतिक विपदमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै कोलोराडोमा दीप प्रज्वलन

कोलोराडोखबर संवाददाता , September 3rd, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । मातृभुमी नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपदमा दिवंगत आत्माको चिर शान्तिको कामना, बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन तथा गुरूहरूद्वारा शान्ति पाठ गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघ कोलोराडो च्याप्टरको अगुवाइमा तथा कोलोराडोमा रहेका सम्पूर्ण नेपाली समुदाय, संघसंस्था तथा शुभेच्छुक महानुभावहरूको सहकार्य र सशभागीतामा नेपाली संस्कृतिक केन्द्र नेपाली घरमा र ग्लोबल भुटानीज कम्युनिटी कोलोराडोको आयोजनामा लिस्बन पार्क डेनभरमा गुरूहरूद्वारा शान्ति पाठ, दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

विनाशकारी बाढी तथा प्राकृतिक विपदमा दिवंगत हुनुहुनेहरूको संझनामा एक मिनेट मौन धारण गर्दै शुरू गरिएको कार्यक्रममा गैरआवासीय नेपाली संघ कोलोराडो च्याप्टरका अध्यक्ष चन्द्र गुरूडले कार्यक्रम आयोजना गर्नुको उद्देश्य बारे प्रकास पारेका थिए भने सबै संघसंस्थाका तर्फबाट आइएनएलएस कोलोराडो च्याप्टरका अध्यक्षले किरण अधिकारीले मातृभुमीमा भएको बिनासकारी क्षतीले सबैको आत्मामा गहिरो घाउ लागेको भन्दै यसको मलम पट्टीकोलागी यथासक्य सहयोग गर्न सबैलाइ आग्रह गरेका थिए ।

त्यस्तै ग्लोबल भुटानीज कम्युनिटी कोलोराडोको आयोजनामा लिस्बन पार्क डेनभरमा आयोजित सामुदायिक दीपप्रज्वलनमा हिन्दु, किरात र क्रश्चियन धर्मका धर्मगुरूहरूद्वारा घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्न र ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको लागि शान्तिपाठ, प्रार्थना सभा Community Candlelight Vigil & Prayer कार्यक्रम गरिएको स्थानिय हेम गीरीले बताएका छन् ।

मानवताको सेवामा समर्पित भन्ने नाराका साथ संस्थाले यस दुखद घडीमा ऐक्यबद्धता जनाउन यस कार्यक्रमको आयोजना गरिएको ग्लोबल भुटानीज कम्युनिटी जनाएको छ । कार्यक्रम सेक्टेम्बर १ तारिक मंगलबार साँझ ६ बजेदेखी सुरूभइ राती ८ बजेसम्म संचालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्