२० श्रावण २०८३, बुधबार

कोलोराडो विशेष/अमेरिका

कोलोराडोमा अनेसासले भव्यताका साथ मनायो देवकोटा जयन्ती (फोटो फिचरसहित)

कोलोराडोमा अनेसासले भव्यताका साथ मनायो देवकोटा जयन्ती (फोटो फिचरसहित)

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्र तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको संयुक्त आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती भव्यताका साथ मनाइएको छ । केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्व तथा वरिष्ठ साहित्यकार कृष्णहरि बरालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली भाषा पाठशालाका विद्यार्थीहरूद्वारा नेपाली तथा अमेरिकी राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । देवकोटाको तस्विरमा पुष्पार्पण गरी कार्यक्रमलाई अगाडि बढाइयो । प्रमुख अतिथि प्राडा कृष्णहरि बरालले देवकोटाको बहुआयामिक योगदानबारे प्रकाश पार्दै प्रवासी श्रष्टाले अध्ययन र साधनाद्वारा आफ्ना रचनाको स्तर वृद्धिबारे ध्यान दिनुपर्ने कुरामा जोड दिए । सभापतिको आसनबाट बोल्दै अध्यक्ष वाग्लेले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अर्काइभका माध्यमबाट नेपाली श्रष्टाक...
क्यालिफोर्नियाको हर्कुलिस शहरको नगर परिषद सदस्यमा डिल्ली भट्टराई विजयी

क्यालिफोर्नियाको हर्कुलिस शहरको नगर परिषद सदस्यमा डिल्ली भट्टराई विजयी

अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित हर्कुलिस शहरका डिल्ली भट्टराई नगर परिषद सदस्यमा विजयी भएका छन् । वर्तमान योजना आयुक्त रहेका उनले गत नोभेम्बर ५ मा सम्पन्न अमेरिकी आमनिर्वाचनमा चार जना प्रतिस्पर्धीबीच दोस्रो स्थान हासिल गर्दै परिषद सदस्यको पद सुरक्षित गरेका हुन् । भट्टराईको कार्यकाल जनवरी १ देखि सुरु हुने छ र यो कार्यकाल चार वर्षसम्म रहनेछ । नगर परिषदको निर्णयअनुसार, कार्यकालको बीचमा नगर प्रमुखको पालो स्वचालित रूपमा आउने भएकाले उनले १–२ वर्षभित्र हर्कुलिसको नगर प्रमुख बन्ने अवसर प्राप्त गर्न सक्नेछन् । भट्टराई नेपाली मूलका एक सामाजिक अभियन्ता हुन्, जो लामो समयदेखि क्यालिफोर्नियामा बसोबास गर्दै आइरहेका छन् ।...
प्याब्फोनद्वारा बोस्टनमा आयोजित बृहत् देउसी भैलोमा ४१ हजार डलर दान सङ्कलन (फोटो फिचरसहित)

प्याब्फोनद्वारा बोस्टनमा आयोजित बृहत् देउसी भैलोमा ४१ हजार डलर दान सङ्कलन (फोटो फिचरसहित)

-सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । अमेरिकाको ऐतिहासिक सहर बोस्टन स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड (PABFONE) ले आयोजना गरेको ‘बृहत देउसी भैलो-२०२४’ सम्पन्न भएको छ । यही नोभेम्बर १ तारिख सुक्रबारका दिन प्याब्फोनको आफ्नै सामुदायिक भवनमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा उक्त देउसी भैलो सम्पन्न भएको हो । नेपालीहरुको माहान चाड तिहारको अवसरमा खेलिएको उक्त देउसी भैलोबाट संस्थाको सहयोगार्थ ४१ हजार डलर सङ्कलन भएको र थप सहोग प्राप्त हुने क्रम जारी नै रहेको आयोजकले जनाएको छ । संस्थाको मुख्य आर्थिक श्रोतको रुपमा स्थापना कालदेखि नै खेलिदै आइएको देउसी भैलोलाई यस वर्ष पनि संस्थाले निरन्तरता दिएको हो । संस्थाको कार्यसमितिका अध्यक्ष बिरोचन नेपालको अध्यक्षता रहेको कार्यक्रममा ब्रेनट्री सिटीकी मेयर इरिन जोइसको विशेष उपस्थिति रहेको थियो। पण्डितहरुले स्वस्तिवाचन गरेर उद्घाटन गरेको का...
अमेरिकाको बोस्टनमा देउसी भैलो कार्यक्रम सम्पन्न

अमेरिकाको बोस्टनमा देउसी भैलो कार्यक्रम सम्पन्न

बोस्टन(अमेरिका । अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । बोस्टन स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड (PABFONE) ले नोभेम्बर १ तारिख शनिबार साँझ आफ्नै भवनमा आयोजित ‘बृहत् देउसी भैलो–२०२४’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । सहभागीहरुले हर्षोल्लासका साथ देउसी भैलो खेल्दै र रमाउदै संस्थाको सहयोगार्थ यथासक्य दानसमेत गरेका थिए । तिहारसंग सम्बन्धित देउसी भैलो, नेपाली गीत संगीत र नेपाली पहिचान झल्काउने कार्यक्रम स्थलको माहोलले, केही क्षणका लागि भएपनि नेपालको संझना र तृष्णा मेटाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।...
कोलोराडोमा खेलिएको देउसी भैलोबाट १६ हजार डलर सहयोग संकलन (फोटो फिचरसहित)

कोलोराडोमा खेलिएको देउसी भैलोबाट १६ हजार डलर सहयोग संकलन (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ शुक्रबार सांझ सम्पन्न देउसी भैलो कार्यक्रमबाट झण्डै १६ हजार डलर संकलन भएको छ । नेपाली सांस्कृतिक केन्द्र भवनमा खेलिएको देउसी भैलोबाट ७ हजार ३ सय ७९ र अरोरामा सम्पन्न देउसी भैलो र्कायक्रमबाट ८ हजार ३ सय ५० गरी जम्मा १५ हजार ७ सय २९ संकलन गरिएको हो । कोलोराडोमा कृयासिल संस्था नेपाली घरको संयोजन तथा स्थानिय संघ संस्थाहरुको सहयोगमा देउसी भैलो सम्पन्न भएको हो । कार्यक्रमबाट संकलन गरिएको रकम खर्च कटाएर बांकी नेपाली घरको खातामा जम्मा गरिने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् । नेपाली सास्कृतीक केन्द्र भवनमा सम्पन्न देउसी भैलोको संयोजन समाजसेवी शान्ति भुषालले गरेकी थिइन् । बयोबृद्ध आमा जानुका कार्किद्धारा पानसमा बत्ती बालेर शुरु गरिएको कार्यक्रममा लोक गायक महेश बुढाथोकी, लेखक तथा साहित्यकार श्रीप्रसाद पोख्रेल...
कोलोराडोको बोल्डर शहरमा देउसी भैलोसंगै कुकुर पूजा सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोको बोल्डर शहरमा देउसी भैलोसंगै कुकुर पूजा सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोको बोल्डर शहरमा देउसी भैलोसंगै सामुहिक कुकुर पूजा सम्पन्न भएको छ । कोलोराडोमा कृयासिल नेपाली जात्राको आयोजना, स्थानिय अमेरीकन तथा नेपालीभाषी समुदायको सहभागीतामा देउसी भैलो संगै सामुहिक कुकुर पूजा कार्यक्रम सम्पन्न भएको हो । स्थानीय अमेरीकनहरुलाई हिन्दु संस्कृतीको पहिचान गराउन तथा अमेरिकामा ज्यादै लोकप्रीय कुकुरलाई कसरी पुजा गरिन्छ भन्ने देखाउन कार्यक्रम आयोजना गरिएको नेपाली जात्राको संयोजक सुनन्दा डंगोलले बताएकी छिन् । City of Boulder Housing and Human services र Rocky Mountain Equality को सहयोगमा सम्पन्न देउसी भैलो संगै सामुहिक कुकुर पूजा कार्यक्रममा ७० जना स्थानीयहरुले सहभागीताकोलागी रजिष्ट्रेशन गराएका थिए । कार्यक्रममा स्मृती श्रेष्ठ प्रधानले देउसी भैलो तथा कुकुर पूजाको संस्कृती कसरी र कहिले देखी शुरुभ...
कोलोराडोमा दशैं-तिहार शुभकामना सांस्कृतिक सांझ सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा दशैं-तिहार शुभकामना सांस्कृतिक सांझ सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीभाषी समुदायले शनिबार सांझ एक सांस्कृतिक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा, तथा स्थानीय संघ संस्थाहरुको सहभागीतामा दशैं–तिहार शुभकामना सांस्कृतिक सांझ कार्यक्रम सम्पन्न गरिएको हो । रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपाल पूर्व अध्यक्ष तथा समाजसेवी धर्मराज श्रेष्ठको प्रमुख आतिथ्यता, International Astrologer, Face Reader & Healer Bihangam Raj Timilsena को बिशेष आतिथ्यमा तथा गायक गायिकाहरु Quincy Chet, संझना पाण्डे, मनोजराज सिवाकोटी लगायत अन्य कलाकारहरु माझ उनीहरुले बिभिन्न सांस्कृतीक कार्यक्रम गर्दै महान चाड मनाएका हुन् । नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर तथा कार्यक्रमका प्रमुख अतिथी, बि...
नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा देउसी भैलो कार्यक्रम हुँदै

नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा देउसी भैलो कार्यक्रम हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो कार्यक्रम आयोजना हुने भएको छ । कोलोराडोमा कृयासिल संस्था नेपाली घरको संयोजन तथा स्थानीय संघ संस्थाहरुको सहयोगमा नेपालीहरुको दोश्रो ठूलो महान चाड शुभ दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना हुन लागेको हो । यसअघिका बर्षहरुमा जस्तै यस बर्षपनि शुभकामना आदान प्रदानसहित देउसी भैलो कार्यक्रम आयोजना हुन लागेका स्थानहरुमा नोभेम्वर १ तारिक शुक्रबार सांझ ५ बजे देखी राती ९ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा देउसी भैलो खेलीने कार्यक्रम रहेको छ । त्यसैगरी सोही दिन कोलोराडोको दक्षिणी क्षेत्र अरोरा सेन्टेनियलमा पनि सांझ ५ बजेदेखि ९ बजेसम्म देउसी भैलो खेल्ने कार्यक्रम रहेको नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् । नेपाली सास्कृतीक केन्द्र भवनको देउसी भैलोलाई भब्यताका साथ...
अनेसास कोलोराडो शाखाको नयाँ कार्यसमितिको निर्वाचन कार्यक्रम घोषणा

अनेसास कोलोराडो शाखाको नयाँ कार्यसमितिको निर्वाचन कार्यक्रम घोषणा

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अनेसास कोलोराडो शाखाको नयां कार्यसमितिको निर्वाचन आगामी नोभेम्बर १२ तारिकमा सम्पन्न हुने भएको छ । डा. भीमप्रकाश कट्टेल संयोजकत्वमा डा. संगीता श्रोत्रिय र सुदेश शर्मा रहेको तिन सदस्यीय निर्वाचन समितिले सामाजिक संजाल मार्फत निर्वाचन कार्यक्रम घोषणा गरेको हो । अनेसास कोलोराडो शाखाको २०२४ २०२६ कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ४ सदस्यका लागि निर्वाचन हुन लागेको समितिले जनाएको छ । अनेसास कोलोराडो शाखाको बिधानको परिच्छेद २ को दफाहरु ६ र ७ मा उल्लेख गरिए बमोजिमको निर्वाचन कार्यविधि अनुरुप निर्वाचन प्रक्रिया हुने समितिले जनाएको छ । जस अनुसार ईच्छुक आजीवन सदस्यहरुले तोकिएको ढाँचामा उम्मेदवारीकोलागि आवेदन दर्ता गर्नु पर्नेछ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको कार्यकारिणी समितिको निर्वाचनमा मत खसाल्न यो...
कोलोराडोमा दशैं-तिहार शुभकामना साँझ कार्यक्रम आयोजना हुँदै

कोलोराडोमा दशैं-तिहार शुभकामना साँझ कार्यक्रम आयोजना हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपालीको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीभाषीहरुले शुभकामना सांस्कृतीक सांझ कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गर्ने भएका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा यहां स्थित सबै संघ संस्थाको सहभागीतामा आगामी अक्टोबर २६ तरिक शनिबार डेनवर्ग स्थित याक एण्ड यती रेष्टुरेन्ट तथा ईभेन्ट सेन्टर (9755 E Hampden Ave. Denver CO.80231) मा सांझ ५ बजेदेखि राती ९ बजेसम्म शुभकामना सांस्कृतीक सांझ कार्यक्रम आयोजना हुने रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् । लोकप्रीय गायक तथा संगीतकार Quincy Chett, संझना पाण्डे, मनोजराज सिवाकोटी लगायत अन्य कलाकारहरुको जोडदार प्रस्तुती रहने कार्यक्रममा यहा सकृय संघ संस्थाका प्रतिनीधी, गन्यमान्य, व्यवसायी, बुद्धीजिवी, कला...