१० श्रावण २०८३, आईतवार

सर्वोच्चको आदेशमा दुर्गा प्रसाईँ रिहा

कोलोराडोखबर संवाददाता , December 21st, 2024

नेपाल । सर्वोच्च अदालतको आदेशमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा भएका छन् ।

व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई सर्वोच्चले शुक्रबार रिहा गर्न आदेश दिएको हो ।

दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्च हाजिर गराइएको थियो । उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए ।

सोहीअनुसार सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्