१० श्रावण २०८३, आईतवार

स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , December 11th, 2024

नेपाल । रौतहटको चन्द्रनिगाहपुरमा स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाराको गढीमाई मेला सकेर सिरहा फर्किरहेको बा१६च ३१६२ नं को स्कार्पियो सोमबार राति दुर्घटनामा परेको हो ।

दुर्घटना चन्द्रनिगाहपुर–४ स्थित पूर्वपश्चिम राजमार्गमा रुखमा ठोक्किएर भएको थियो । घटनास्थलमा ८ जनाको मृत्यु भएको र केही घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले जानकारी दिए ।

मृतकहरू सिरहाको अर्नमा गाउँपालिका–३ का हुन्, जो गढीमाई मेला हेरेर घर फर्किँदै थिए ।

दुर्घटनामा मृत्यु हुनेहरूमा सिरहाको अर्नमा गाउँपालिका(३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षीया रामकुमारीदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र सोही गाउँपालिका(५ बलुवाटोलका ४० वर्षीय स्कारपियो चालक श्रीकुमार यादव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्