नेपाल । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी बुधबार मेक्सिको प्रस्थान गरेका छन् ।
मकै र गँहुबालीको प्रवर्द्धनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (सिआइएमएमआइटी) ले आयोजनामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी त्यता प्रस्थान गरेका हुन् ।
मन्त्री अधिकारी मकै र गहुँबाली प्रवर्द्धनसम्बन्धी द्विपक्षीय र बहुपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।
मन्त्री अधिकारीको साथमा मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ र हरिबहादुर केसी, मन्त्री अधिकारीका निजी सचिव रोसन अधिकारीलगायत छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्