१० श्रावण २०८३, आईतवार

प्रदेश सभा सदस्य दीपक मनाङे ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर

कोलोराडोखबर संवाददाता , November 6th, 2024

नेपाल । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ ।

गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर गर्दै प्रदेशसभा सदस्य मनाङेलाई सर्वोच्च अदालतले सो सजाय सुनाएको हो ।

मनाङेलाई यसअघि उच्च अदालतले दोषी ठहर गरेको थियो । उक्त फैसलाविरुद्ध मनाङेले सर्वोच्चमा पुनरावेदन गर्नुभएको थियो । तर, न्यायाधीशद्वय नहकुल सुबेदी र टेकप्रसाद ढुंगानाको इजलासले जिल्लाको फैसला सदर गरेको छ ।

उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्