१० श्रावण २०८३, आईतवार

रविको बयान सकियो, अब तिहारपछि अदालतमा पेश गरिने

कोलोराडोखबर संवाददाता , November 1st, 2024

नेपाल । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ ।

प्रहरीले लामिछानेसँग सरकारी वकिलको कार्यालयमा पटक पटक बयान लिएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्दिकरणको विषयमा पनि अनुसन्धान भइरहेको छ ।

कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शुरुमा ६ दिन र त्यसपछि गत बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

लामिछानेलाई दिएको हिरासतमा राख्ने अनुमति बुधबार सकिएको र विहीबारदेखि बिदा भएकाले अब उनलाई तिहारपछि अदालत खुले लगत्तै पेश गरिने कास्की प्रहरीको तयारी छ ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ ।

कास्की प्रहरीको बयान सकिएकोले अब लामिछानेलाई म्याद थप गरेर तिहारपछि रुपन्देही लैजाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्