१० श्रावण २०८३, आईतवार

बामदेव गौतमको पश्चाताप-‘आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपर्यो’

कोलोराडोखबर संवाददाता , October 22nd, 2024

काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताउनु भएको छ ।

राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति सोमवारको बैठकमा गौतमले एमालेका लागि आफूले धेरै योगदान दिएको भएपनि आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताउनु भयो ।

उहाँले नेकपा एमाले निर्माणमा ७५ प्रतिशत आफ्नो भूमिका रहेको दावी पनि गर्नुभयो । एमालेका पूर्वबरिष्ठ उपाध्यक्षसमेत रहनुभएका गौतमले एमाले निर्माणदेखि देशका लागि लामो समय काम गरेको अनुभव र अध्ययनका आधारमा प्राकृतिक प्रकोपको जोखिमबारे राष्ट्रियसभामा बोल्दा पनि सरकारले गम्भीरता नलिएकाले अहिले धेरै क्षति भएको जिकिर गर्नुभयो ।

उहाँले पहिरोमा परि त्रिशुलीमा दुईवटा बस बगाएपछि आफूले राष्ट्रिय सभामा त्यसपछिको दुई महिनामा सडक बन्द गर्न सुझाव दिएपनि सरकारले त्यसलाई नसुनेको बताउनुभयो । विश्वका क्षमतावान बिज्ञहरुलाई बोलाएर पहिरोका बारेमा पूर्णमूल्याङ्कन र पहिरो रोकथाम गर्न आफूले यसअघि नै सुझाव दिएको उहाँले बताउनु भयो । तर आफ्नो सुझावलाई सरकारले गम्भीरतापूर्वक नलिएको उहाँको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्