नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको राजनीतिक मौसमजस्तै अदलबदल भइरहेको बताउनुभएको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।
‘बिहानको मौषस हेर्यो, घाम लाग्ला जस्तो हुन्छ, पानी पर्ला जस्तो भए चर्को काम लाग्छ, ‘उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिक पनि त्यस्तै छ, अब यो होला, भन्यो, त्यो टिक्दैन, अर्को त जाला एक बर्ष भन्यो, जाँदैन, टिक्ला कि क्याहो, पाँच बर्ष भन्यो, टिक्दैन, मौषस परिर्वतन जस्तै देशको राजनीतिक परिर्वतन भईरहेको , त्यसको असर देशमा परिरहेको छ ।’
अध्यक्ष नेपालले सबैले जनताले चाहे अनुरुप विकास भन्ने भएपनि राजनीतिक अस्थिरताले विकासमा प्रभाव पारेको बताउनु भयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्