४ श्रावण २०८३, सोमबार

मीनबहादुरले आफ्नै इच्छाले पार्टी कार्यालय बनाउन जग्गा दान दिएको एमालेको प्रष्टीकरण

कोलोराडोखबर संवाददाता , October 16th, 2024

नेपाल । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले आफ्नै इच्छाले पार्टी कार्यालय बनाउनको लागि जग्गा दान दिएको प्रष्टीकरण दिएको छ ।

भाटभटेनीका सञ्चालक व्यवसायी गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा पार्टी कार्यालय बनाउन थालेपछि आलोचना भएपछि एमालेले प्रष्टीकरण दिएको हो ।

पार्टी केन्द्रीय सचिवालयको निर्णयका आधारमा जग्गा लिने र भवन निर्माण गर्ने गरी भवनको शिलान्यास गरिएको एमालेले प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्