नेपाल । सत्तारुढ दल नेकपा एमालेले पार्टीको नयाँ केन्द्रीय भवन निर्माण गर्ने निर्णय गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
२०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं महानगरपालिका १४ नम्बर वडा मदन नगर बल्खुमा रहेको एमाले पार्टी केन्द्रीय कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनहरूमा कार्यालय सञ्चालन गरिंदै आएको छ । बस्दै आएको बताए ।
च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गर्नुपरेकाले यो स्थिति अन्त्य गर्न स्थायी रुपमा भवन निर्माण गर्ने निर्णय गरेको बताए ।
शुक्रवार १२ः२५ मिनेटमा कीर्तिपुर नगरपालिका २ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास हुने छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्