३० असार २०८३, मंगलवार

कांग्रेस र एमालेका कार्यकर्ताले कार्यक्रम बिथोल्न खोजेः रवि लामिछाने

कोलोराडोखबर संवाददाता , October 6th, 2024

नेपाल । रास्वपा सभापति रवि लामिछानेले कांग्रेस र एमालेका कार्यकर्ताले आफ्नो पार्टीको कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप लगाएका छन् ।

भरतपुरको नारायणी कला मन्दिरमा शनिबार आयोजना गरेको ‘चितवनवासीसँग भेटघाट’ कार्यक्रम विथोल्न खोजिएको लामिछानेको आरोप छ ।

सहकारी पीडितका नाममा कांग्रेस र एमालेले रविमाथि निरन्तर अवरोध सिर्जना गरिरहेको रास्वपाले आरोप लगाएको हो ।

गत शुक्रबार मुग्लिङ बजारमा पनि सहकारी पीडित संघर्ष समितिको ब्यानरमा केही व्यक्तिले विरोध गरेपछि रास्वपा समर्थक र उनीहरुबीच झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्