१० श्रावण २०८३, आईतवार

नेपालमा बाढीपहिरोमा परेर हालसम्म २१७ जनाए ज्यान गुमाए

कोलोराडोखबर संवाददाता , October 1st, 2024

नेपाल । बाढीपहिरोका कारण नेपालमा हालसम्म २१७ जनाले ज्यान गुमाएका छन्, अझै २८ जना हराइरहेको खबर आएको छ ।

गृहमन्त्रालयका अनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ६५ जनाले ज्यान गुमाएका छन् । अझै ६ जना बेपत्ता रहेका छन्।

धादिङ र ललितपुरमा ३९–३९ जनाले ज्यान गुमाएका छन् । काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०, मकवानपुर र दोलखामा ७–७ जनाको मृत्यु भएको छ। योसँगै बागमती प्रदेशका १३ वटा जिल्लामा १९२ जनाको मृत्यु भएको छ। ललितपुरमा ११ जना अझै बेपत्ता छन् । पाँचथरमा ६ जनाको मृत्यु भएको छ।

भक्तपुर,सोलुखुम्बुमा ५–५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २–२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १–१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्