४ श्रावण २०८३, सोमबार

काँग्रेसले बलियो भएर पनि बहुमत ल्याउन सकेन, अब युवालाई अघि सारौंः कोइराला

कोलोराडोखबर संवाददाता , September 22nd, 2024

नेपाल । नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले काँग्रेसले बलियो भएर पनि बहुमत ल्याउन नसकेको अवस्थाको अन्त्य हुने गरी काम गर्नुपर्ने बताएका छन् ।

उनले पार्टी नेतृत्वका लागि युवाहरूलाई अघि बढाउनुपर्नेमा जोड दिए । नेता कोइरालाले काँग्रेसका युवाहरू अघि बढेकाले उनीहरूलाई नेतृत्वमा ल्याउनका लागि पार्टीले प्रोत्साहित गर्नुपर्ने बताएका हुन् ।

शनिवार धुलिखेलमा बिपी कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै नेता कोइरालाले युवाहरूको मागलाई पार्टीले सम्बोधन नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । शेरबहादुर देउवा सदाबहार पार्टी सभापति नहुने भएकाले पनि त्यसमा युवाहरूलाई ल्याउनुपर्ने उनको भनाई थियो ।

बिपी कोइरालाले पदबाट राजीनामा दिएर कृष्णप्रसाद भट्टराई पार्टी सभापतिको पदको जिम्मेवारी दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अहिलेको नेतृत्वले पनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै अघि बढ्नुपर्ने बताए । उनले काँग्रेसले आफ्नै खुट्टामा उभिएर अघि बढ्नुपर्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्