नेपाल । पटक पटक मिति तोकिए पनि निर्वाचन सम्पन्न गर्न नसकेपछि नेपाल पत्रकार महासंघ विवादको भूवँरीमा फसेको छ ।
सदस्य शुद्धीकरण विवादमा फसेको महासंघका कावा अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् । केन्द्रीय समितिलाई सम्बोधन गरेर उनले बुझाएको राजीनामा पत्रको बोधार्थ महासचिव रोशन पुरी र उपाध्यक्ष वाला अधिकारीलाई दिएका छन् ।
पछिल्लो परिघटनामा विभिन्न राजनीतिक पार्टीका भ्रातृ संस्थाहरूले महासंघलाई आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थपूर्ति गर्ने मैदान बनाउँदा निर्वाचन प्रक्रिया अघि बढ्न नसके उनको भनाइ छ ।
यसअघि अध्यक्ष विपुल पोखरेलले चुनाव गराउन नसकेपछि राजीनामा दिएका थिए ।
कावा उपाध्यक्ष विष्टले राजीनामा दिएपछि यही असोज १२ गते तोकिएको निर्वाचन नहुने निश्चित भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्