२१ मंसिर २०८१, शुक्रबार

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

कोलोराडोखबर संवाददाता , September 17th, 2024

नेपाल । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । सोमबार बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा उनलाई छनोट गरेको हो ।

संसदीय सुनुवाई समितिबाट अनुमोदित भएमा राउतले आगामी २०८२ चैत ६ सम्म प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् । राउत २०१७ चैत ६ मा उदयपुरमा जन्मिएका हुन् ।

प्रधानन्याधीश र सर्वोच्च अदालतका न्यायाधीशको उमेर हद ६५ वर्ष रहेकाले उनले आगामी २०८१ चैत ६ सम्म प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने मौका पाउनेछन् ।

राउत २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्