१९ मंसिर २०८१, बुधबार

मंसिर १६ गते विभिन्न स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुने

कोलोराडोखबर संवाददाता , September 16th, 2024

नेपाल । सरकारले विभिन्न स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचनको मिति तोकेको छ।

आइतबारको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिशमा विभिन्न स्थानीय तहमा रिक्त पदका लागि मंसिर १६ गते उपनिर्वाचनको मिति तोक्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर प्रमुख आयुक्त दिनेश थपलियासहितका पदाधिकारीले मंसिर १६ गते उपनिर्वाचनको मिति तोक्न सिफारिश गरेका थिए ।

आयोगको सिफारिशअनुसार मंसिर १६ गतेका लागि उपनिर्वाचनको मिति तोक्ने निर्णय गरिएको जनाइएको छ ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका २ प्रमुखसहित ४१ जना जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन हुन भएको हो ।

प्रतिक्रिया दिनुहोस्