८ बैशाख २०८२, सोमबार

टेक्सस, क्यालिर्फोनिया र कोलोराडोमा नेपाली कन्सुलर अफिस खोल्न सांसद शाहीको माग

कोलोराडोखबर संवाददाता , September 13th, 2024

नेपाल । सांसद ज्ञानेन्द्र शाहीले टेक्सस, क्यालिर्फोनिया र कोलोराडोमा नेपाली कन्सुलर अफिस खोल्न पनि माग गरेका छन् ।

हालै अमेरिकाको भ्रमणबाट फर्किएका शाहीले त्यहाँ ठूलो संख्यामा रहेका नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै संसद बैठकमा उक्त माग गरेका हुन् ।

यसैबीच सांसद शाहीले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई समेत भटेर अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुको समस्या अवगत गराउँदै छिट्टै नेपाली कन्सुलर अफिस खोल्न माग गरेका छन् ।

मन्त्री राणाले उक्त मागबारे नेपाल सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्