नेपाल । अमेरिका जानका लागि चार जनाले नेपालस्थित अमेरिकन दूतावासमा नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) पेश गरेको तथ्य खुलेको छ ।
इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडिभी) प्रयोजनका लागि चार जना पेश गरेको प्रमाणपत्र नक्कली रहेको पाइएपछि दूतावसकै सूचनामा ती चारै जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–८ घर भई हाल महालक्ष्मी–४ इमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका–१० घर भई हाल महालक्ष्मी–५ टिकाथली बस्ने २८ वर्षीय अनिलकुमार महतो, झापा अर्जुनधारा नगरपालिका–८ घर भई हाल ललितपुरको इमाडोल बस्ने ५० वर्षीय गोपालप्रसाद घिमिरे र संखुवासभा खाँदवारी नगरपालिका–९ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका–५ बस्ने ४३ वर्षीय सुवास ढकाल रहेका छन ।
नेपालस्थित अमेरिकन दूतावासमा इडिभी प्रयोजनका लागि एसइई र प्लस टुको नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेस गरेको भन्ने सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको हो ।
अमेरिकन राजदूतवास नजिकबाट पक्राउ परेका उनीहरूलाई लिखितसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्