नेपाल । संसद बैठकमा फेरि उपसभामुख इन्दिरा राना मगरले राजीनामा दिनु पर्ने कुरा उठेको छ ।
मंगलबारको बैठकमा एमालेका सांसद गोकुल बास्कोटाले पसभामुख विवादमा परेकोले राजीनामा दिए उपयुक्त हुने सुझाव दिएका थिए ।
उनले लोकतन्त्रमा सबैसँग प्रश्न उठाउन पाइने भन्दै अरुलाई गलत प्रमाणित गर्ने अवसर पनि लोकतन्त्रमा हुने बताएका हुन् । उनले गम्भीर प्रश्नहरु उठेपछि पद छोड्नु नै उपयुक्त हुने बताए ।
सांसद बास्कोटाले उपसभामुखलाई हटाउने नहटाउने विषय सरकारको भन्दा संसदको विषय भएको भन्दै भ्रम नफैलाउन आग्रह गरे ।
नेपाली काँग्रेसका सांसदहरु पनि उपसभामुख रानालाई राजीनामा गराउनु पर्ने पक्षमा छन् ।
प्रतिक्रिया दिनुहोस्