नेपाल । समसामयिक विषयहरुमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुधबार बस्दैछ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।
बैठकमा उपसभापति धनराज गुरूङमाथि सहकारी बचत सम्बन्धमा उठेको प्रश्नबारे सामूहिक धारणा बनाउन तथा उपसभामुख इन्दिरा रानालाई हटाउने बारेका एजेन्डा रहेका छन् ।
उपसभामुख रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा उनलाई हटाउने तयारी भइरहेको अवस्थामा सोही विषयमा छलफलका लागि देउवाले बैठक बोलाएको बताइएको छ ।
उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दुतावासलाई पत्र लेखेपछि उनी विवादमा परेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्