३ फाल्गुन २०८१, शनिबार

सनातन धर्मावलम्बी महिलाहरु ऋषिपञ्चमी पर्व मनाउँदै

कोलोराडोखबर संवाददाता , September 8th, 2024

नेपाल । आइतबार भाद्र शुक्ल पञ्चमी । सनातन धर्मावलम्बी महिलाले आइतबार ऋषिपञ्चमी पर्व मनाउँदैछन्।

सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ।

महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन् । ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन् ।

यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ । कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ हुन् । यस्तै ऋषि वशिष्ठकी पत्नी अरुन्धतीको पनि पूजा गरिन्छ ।

सप्तर्षिको पूजा गर्दा मौसमी फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ। विधिपूर्व सप्तर्षिको पूजा गर्नाले रजस्वला भएका वेलाका दोष नाश हुन्छन् भन्ने मान्यता छ।

पूजा सकी महिलाहरु कर्कलाको तरकारीसँग भोजन गर्छन् । ऋषिपञ्चमी व्रतकथामा यो दिन विशेषगरी नजोती, नखनी फलेका कन्दमूल खानुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्