१४ चैत्र २०८१, बिहीबार

केपी ओली र बाबुराम भट्टराईबीच समसामयिक राजनीतिक विषयमा छलफल

कोलोराडोखबर संवाददाता , September 7th, 2024

नेपाल । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

भट्टराईले उक्त भेटमा सरकारलाई धन्यवाद दिएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनीहरुबीच संक्रमणकालीन न्यायसम्बन्धी विषयमा कुराकानी भएको र संक्रमणकालीन न्यायसम्बन्धी कानून बनेकोमा ओलीलाई धन्यबाट दिएका थिए ।

उक्त भेटबारे प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘मेरा मित्र, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईजीसँग भेट भयो । संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेकोमा उहाँले धन्यवाद दिनु भयो । समसामयिक राजनीतिक विषयमा समेत छोटो कुराकानी भयो ।’

प्रतिक्रिया दिनुहोस्