३० भाद्र २०८१, आईतवार

फलोवर गनेर सेलेब्रिटी भइन्छ, नेता भईदैन

कोलोराडोखबर संवाददाता , September 5th, 2024

-डा. विश्व पौडेल-

प्रधानमन्त्रीज्यू, काठमाडौंमा एउटा मेट्रो रेल बनाउने घोषणा गरेर अघी बढौं । चीनलाई नकुरी एक, दुईवटा शहर सुहाउँदो शहरी सडकहरु बनाऔं ।

अघिल्लो पटक एकलौटी सरकार बनाउँदा धेरै काम नलाग्ने एयरपोर्ट र सभाहलहरुमा जोड दिइएको थियो , अब सडक दुर्घटनानै दुर्घटनाबाट आजित जनताले सुविस्ता हुने सडक र शहरी पुर्वाधार खोजेका छन् । पैसा कताबाट ल्याउने भन्ने छ भने छलफल गरौं, बरु म कोठा मिलाउँछु ।

मेयरसापले पनि गत आर्थिक वर्ष २४ अरब खर्च गर्ने बजेट ल्याएकोमा कुल १२ अरब खर्च भएको रहेछ । पुँजीगत खर्च १५ अरब छुट्याएकोमा छ अरब ३८ करोड मात्र खर्च भएछ । मेयरको आफ्नै अफिसको काम गराई वहाँँको आफ्नै रिपोर्ट अनुसार अत्यन्त चिन्ताजनक छ । अब काममा फोकस चाहियो ।

फेसबूकका फलोवर गनेर बसेर नेता भइन्छ ?
गणेशमान सिंहको एउटा फेमस भनाई थियो, नेताले कहिल्यै आफ्नो पछाडि कति मान्छे छ भनेर हेर्दैन । कहिले ऊ एक्लै हुन्छ, कहिले उसका पछाडि लाखौंंको भिड हुन्छन । फलोवर गनेर सेलेब्रिटी भइन्छ, नेता भईदैन ।

(प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका मेयर बालेन साहबीच पछिल्ला दिनहरुमा भइरहेका विवादबारे डा। पौडेलले फेसबुकमा जनाएको प्रतिक्रिया ।)

प्रतिक्रिया दिनुहोस्