नेपाल । गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री राजीव गुरूङ (दीपक मनाङ्गे) ले पदबाट राजीनामा दिएका छन् ।
सोमबार मन्त्रिपरिषद् हेरफेरका क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालीरहेका उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
गुरूङ मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्