९ बैशाख २०८३, बुधबार

नेकपा एमालेको पोलिटब्यूरो बैठक भदौ १८ र १९ गते बस्ने

कोलोराडोखबर संवाददाता , August 30th, 2024

नेपाल । नेकपा एमालेको पोलिटब्यूरो बैठक भदौ १८ र १९ गते बस्ने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकमा सदस्यता बिस्तार अभिलेखीकरण र नविकरणको कामलाई प्रभावकारी बनाउनेबारे छलफल भएको थियो ।

११ जिल्लामा बाँकी अधिवेशनको आयोजना गर्ने र तिनीहरुलाई अझ व्यवस्थित गर्नेबारेमा पनि छलफल भएको थियो । पार्टी प्रवेश र जिम्मेवारी बिहीन अवस्थामा रहेकालाई तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्