नेपाल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्छ भन्ने हल्लामा सत्यता नरहेको बताएका छन् ।
यसरी चलाइएको हल्ला विल्कुल निराधार भएको उनको टिप्पणी छ । केही दिन यता पूर्वअर्थमन्त्री पार्टीका नेता जनार्दन शर्माले माओवादी पार्टी फुटाउन लागेको चर्चा नेपालमा व्यापक रुपमा चलिरहेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा संचारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा प्रचण्डले पार्टी नफुट्ने विश्वास दिलाए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्