५ कार्तिक २०८३, बिहीबार

दुःखमा परेका परिवारलाई सहयोग गर्दै विजयादशमी मनाउन सभापति थापाको आग्रह

कोलोराडोखबर संवाददाता , October 22nd, 2026

नेपाल । नेपाली कांग्रेस सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा दुःखमा परेका परिवारलाई सहयोग गर्दै विजयादशमी मनाउन आग्रह गरेका छन्।

विजयादशमीको शुभकामना सन्देश जारी गर्दै थापाले यस वर्षको दशैँ राष्ट्रिय विपत्ति र पीडाको परिस्थितिमा मनाउनुपरेको उल्लेख गरेका छन्।

उनले धेरै परिवार दुःख, पीडा र कठिनाइमा रहेकाले चाडपर्वको खुसी आफ्नो घरआँगनमा मात्र सीमित नराख्न आग्रह गरेका हुन्।

दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन, आफ्नो खुसी बाँड्न र एकअर्काको सहारा बन्नुपर्नेमा उनले जोड दिएका छन्।

थापाले विजयादशमीले आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई जोड्ने सद्भावको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा, बुबा, दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामनासहित विजयादशमीको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्