१ कार्तिक २०८३, आईतवार

कविता: मैले पढेको पाठ गलत रहेछ

कोलोराडोखबर संवाददाता , October 18th, 2026

-आर. आर. चौलागाईं-
कोही राजा टुक्राटुक्रामा विभाजित देशलाई
एकै ठाउँमा जोड्छन् र अमर हुन्छन्
कोही राजा बाटो बनाउँछन्
उद्योगधन्दा खोल्छन्
विश्वविद्यालयको स्थापना गर्छन्
र देशमा विकासको जग हाल्छन्
कोही राजा सिंहासनबाट झर्दा पनि
हाँसीहाँसी दरबार छोडेर बाहिर निस्कन्छन्
तर कोही नेता उद्योगधन्दालाई कौडीको मोलमा बेच्छन्
विदेशीको दलाली गर्छन्
बदनाम हुन्छन् र जनताको पिटाइ खान्छन्
कोही नेता जनताको रगतमा होली खेल्छन्
कोही नेता आकाशपाताल जोडेर ठुल्ठूला गफ हाँक्छन्
कलिला केटाकेटीहरूलाई गोलीले उडाउँछन्
र हेलिकोप्टर चढेर भाग्छन्
राजाजति बेठीक र नेताजति सबै ठीक हुन्छन् भनेर
मैले पढेको पाठ गलत रहेछ ।

२०८२ माघ १
-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्