२६ माघ २०८२, सोमबार

मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री ओलीको ‘अल्टिमेटम’ !

कोलोराडोखबर संवाददाता , August 16th, 2024

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले कामको सूची र समयसीमा तोकेरै मन्त्री र सचिवलाई प्रधानमन्त्री अल्टिमेटम दिनुभएको छ ।

आफू नेतृत्वको सरकार गठन भएको एक महिना पुगेको दिन बिहीवार मन्त्री र सचिवहरुको संयुक्त बैठक राखेर बिफ्रङ लिई प्रधानमन्त्री ओलीले अल्टिमेटम दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले आगामी तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने किसिमका ठोश योजना ल्याउन मन्त्री र सचिवहरूलाई समयसीमा तोक्नुभएको छ ।

नेपाल सरकारका मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै सरकारको १०० दिनभित्र गरिने मुख्य कामबारे सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अव काममा प्रतिस्पर्धाको नीति रहेको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्