नेपाल । जनसंख्या वृद्धिदर न्यून रहेका भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २०–३० वर्षको आसपासमै विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई सुझाव दिनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन २०२४ को समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो सुझाव दिनुभएको हो । उहाँले सुन्दर भविष्यका लागि २० वर्ष आसपासमै विवाह गरेर ढिला नगरी बच्चा जन्माउनुपर्ने बताउनु भयो ।
‘४० कटेसी रमाउँला’ भनेर गीत गाउने गरिएको प्रशंग जोड्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उमेर छउन्जेल विदेशतिर गइराख्या हुन्छन, त्यसो भएपछि जनसंख्या झन घट्ने भयो, २०–३० वर्षको उमेरतिर बिहे गरेर बच्चा पाएपछि जबमा लागे पनि भो, बाहिरतिर गए पनि भयो । कमसेकम छोराछोरी हुर्किंदै गर्छन् ।’

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्