२८ माघ २०८२, बुधबार

बन्द कार्यशालापछि रास्वपाको निर्णयः असोजमा राष्ट्रिय भेला, आगामी वैशाखमा महाधिवेशन

कोलोराडोखबर संवाददाता , August 4th, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असोजमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । राष्ट्रिय भेला आगामी असोज ३ र ४ गते आयोजना गर्ने निर्णय भएको हो ।

पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि शुक्रबार र शनिबार आयोजना गरिएको बन्द कार्यशाला पछि उक्त निर्ण गरिएको हो । कार्यशालामा पार्टीको विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्यमान्यतालगायत छ विधामा छलफल भएको थियो ।

यस्तै, पार्टीको महाधिवेशन आगामी वैशाखको तेस्रो सातामा आयोजना गर्ने निर्णय भएको छ । विधन संशोधन सुझाव कार्यदलको प्रतिवेदन आगामी भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेस गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्