२७ माघ २०८२, मंगलवार

जहाज दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

कोलोराडोखबर संवाददाता , July 25th, 2024

नेपाल । सरकारले जहाज दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।

सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमै दुर्घटनाका हुँदा १८ जनाको मृत्यु भएको थियो ।

बुधबार बसेको मन्त्रीपरिषद बैठकले छानबिन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा गठित समितिमा ५ सदस्य रहेका छन् ।

समितिले दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्तो दुर्घटना हुन नदिन सुझावसहितको प्रतिवेदन पेश गर्न ४५ दिनको म्याद दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्