३ फाल्गुन २०८२, आईतवार

वर्तमान सत्ता समिकरण २०८४ सालसम्म कायम रहन्छः निधी

कोलोराडोखबर संवाददाता , July 19th, 2024

नेपाल । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समिकरण आगामी २०८४ सालसम्म कायम रहने बताउनु भएको छ ।

जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता निधिले भन्नुभयो, ‘अहिले कांग्रेस र एमालेको जुन सत्ता समिकरण बनेको छ । यो समीकरण २०८४ सालसम्म कायम रहन्छ, यसमा कसैले भ्रम वा दुविधा राख्न जरुरी छैन ।’

उहाँले वर्तमान सरकारलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । मधेश प्रदेश सरकारमा सहभागिताबारे उहाँले भन्नुभयो, ‘मन्त्रालय ठूलो कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्