नेपाल । शनिबार राति नेकपा एमालेका अध्यक्ष नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गरिएको छ ।
कांग्रेस र एमालेका नेताहरुले शीतल निवास पुगेर राष्ट्रपति समक्ष दाबी पेश गरेका हुन् ।
कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष ओलीले दुई दलको समर्थनसहितको दावी पेश गरेका हुन् ।
यसअघि शुक्रबारनैराष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधिसभाको २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दावी पेश गर्न आइतवार अपराह्न ५ बजेसम्म समय दिएका थिए ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्