२६ माघ २०८२, सोमबार

चार दलका ६ मन्त्री हटाएछि मधेश प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

कोलोराडोखबर संवाददाता , July 7th, 2024

नेपाल । सरकार बनाउन मुख्य भूमिका खेलेका ४ दलका ६ मन्त्रीलाई बर्खास्त गरेसँगै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत पाएका छन् ।

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री सिंह विश्वासको मत पाएको घोषणा गरे ।

प्रदेशसभा बैठकमा कूल १०१ सांसद उपस्थित थिए । जसमध्ये ६७ सांसदले मुख्यमन्त्री सिंहमाथि विश्वास रहेको भन्ने पक्षमा मतदान गरेको सभामुख मण्डलले बताए । विपक्षमा ३४ मत परेको हो ।

मुख्यमन्त्री सिंहलाई जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन् ।

गत जेठ २५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा सिंह मुख्यमन्त्री नियुक्त भएका थिए ।

विश्वासको मत लिनु केही घण्टा अगाडि मात्रै मुख्यमन्त्री लज अर्थमन्त्रीसहित चार दलका ६ मन्त्रीलाई बर्खास्त गरेका थिए । यसरी बर्खास्त हुनेहरुमा अर्थमन्त्री भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री यूवराज भट्टराई, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्दबहादुर न्यौपाने, उर्जा सिंचाई तथा खानेपानी मन्त्री बेची लुङ्गेली, गृह तथा संचारमन्त्री विमला अन्सारी र श्रम तथा यातायात मन्त्री उर्मिला चौधरी छन् ।

राजनीतिक परिस्थिति बदलिएपछि सिंहलाई मुख्यमन्त्री बनाउन अहम भूमिका खेलेका नेकपा माओवादी केन्द्र र नेकपा एसले पनि विश्वासको मत दिएनन् ।

प्रतिक्रिया दिनुहोस्