नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ ।
देश दौडाहापछि पार्टीका बारेमा जनधारणा समेट्दै तयार पारिएको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाउनु पहिल्यै सञ्चामाध्यममार्फत सार्वजनिक गरेको भन्दै ढकाललाई स्पष्टीकरण सोधिएको हो ।
रास्वपाको केन्द्रीय अनुशासन तथा आचरण समितिले सभापति लामिछानेकै निर्देशनमा ढकाललाई अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधेको हो ।
ढकालले गत बुधबार सभापति तथा उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई ३२ पृष्ठको प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा जनतामा पार्टी कमजोर हुँदै गएको र पार्टीको कार्यशैली नफेरिए २०८४ सम्म पार्टी निकै कमजोर हुने औल्याएका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्