२८ माघ २०८२, बुधबार

सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही र निर्दोषलाई उन्मुक्ति दिनुपर्ने पक्षमा छुः गगन थापा

कोलोराडोखबर संवाददाता , June 3rd, 2024

नेपाल । आइतबार संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई उन्मुक्ति दिनुपर्ने पक्षमा आफूहरु रहेको बताएका छन् ।

सहकारीको बचत रकम हिनामिनाको छानबीन गर्न गठन भएको विशेष समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्ने उनको भनाई छ ।

सूर्यदर्शन सहकारीलगायतका सहकारीबाट गोर्खा मिडियाले लिएको रकम अपचलन अभियोगमा समितिले गृहमन्त्री लामिछानेलाई पनि बयानमा बोलाएर कारबाहीका लागि सिफारिश गर्नुपर्ने बताएका हुन् ।

गोर्खा मिडिया सञ्चालन गर्ने त्यसका मालिक जीबी होस् कि, छवि होस् कि, रवि होस् कि कवि होस् सबैलाई बोलाएर छानबिन गरी कानूनी कारबाहीका लागि सिफारिश गर्ने महामन्त्री थापाले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्