२७ माघ २०८२, मंगलवार

राष्ट्रसेवक कर्मचारीका लागि तनाव व्यवस्थापन कार्यक्रम

कोलोराडोखबर संवाददाता , May 31st, 2024

नेपाल (हेटौंडा) । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयद्धारा आयोजित राष्ट्रसेवक कर्मचारीका लागी तनाव व्यवस्थापन कार्यक्रम सुरु गरेको छ ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालय ,स्वास्थ्य निर्देशनालय आयुर्वेद तथा बैकल्पिक चिकित्सक मकवानपुरद्धारा आयोजित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको सहकार्यमा राष्ट्रसेवक कर्मचारीहरुलाई तनाव व्यवस्थापन कार्यक्रम संचालन गरिएको हो ।

कार्यालयमा कामगर्दा हुने तनावलाई कसरी कम गर्न सकिन्छ भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आर्युवेद तथा बैकल्पिक चिकित्सक प्रमुख डा. ललिता पाण्डेले जानकारी दिईन् । हेटौंडा २ स्थित मानसचोक ब्रह्मकुमारी राजयोगको हलमा हिजोदेखि सुरु भएको कार्यक्रम १८ गते शुक्रवार सम्म चल्ने छ । विहान ६ बजे देखि १० बजे सम्म कक्षा संचालन हुनेछ ।

तनाव व्यवस्थापन कार्यक्रममा ५० जना भन्दा धेरैले तालिम लिईरहनुभएको डा।पाण्डेले जानकारी दिईन् । तालिममा सम्पुणर् कार्यालय प्रमुखहरु उत्साहितका साथ तालिममा सहभागिता जनाएको डा. पाण्डेले बताईन ।

तनाव व्यवस्थापन गर्नका लागी ध्यान,योग गर्नुका साथै अस्वस्थकर खानपान,निष्कृय जीवनशैली जस्ताका कारण दीर्घ र नसर्ने रोगका बारेमा प्रशिक्षण गराईएको थियो । सहरी स्वास्थ्य जीवनशैलीका लागी योग कक्षामार्फत विभिन्न सचेतनामुलक क्रियाकलापहरु संचालन गर्ने कार्यक्रमको मुल उदेश्य रहेको उनले बताईन ।

योगा एमडी डा. महेश्वर भट्ट,आर्युवेद तथा चिकित्सक प्रमुख डा. ललिता पाण्डे,ओम शान्तीका अभियान्ता विजय सिग्देल लगायतले योग प्रशिक्षण तालिम दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्