२८ माघ २०८२, बुधबार

विश्व कीर्तिमानी कामीरिता शेर्पाद्वारा ३०औं पटक सगरमाथा आरोहण

कोलोराडोखबर संवाददाता , May 23rd, 2024

नेपाल । विश्व कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पाले ३०औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको अफल आरोहण गरेर यसअघिको आफ्नै रेकर्ड तोडेका छन् ।

शेर्पा बुधबार बिहान ७ बजेर ४९ मिनेटमा ३०औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनले गत बैशाख ३० गते आइतबार बिहान ७ बजेर २५ मिनेटमा २९औं पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

सोलुखुम्बुको थामेका शेर्पाले १९९२ देखि हिमाल आरोहण यात्रा सुरु गरेका र सगरमाथाबाहेक उनले केटू, चोयु, ल्होत्से, मनास्लुलगायतका अग्ला हिमाल आरोहण गरिसकेका छन् ।

यो सिजनमा २ पटक सगरमाथा आरोहण गरी उनले सबैभन्दा बढी सगरमाथा चढ्ने व्यक्तिमा आफूलाई यथावत राख्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्