३० भाद्र २०८१, आईतवार

उपेन्द्र यादव अमेरिकामा रहेकै बेला फुट्यो जसपा !

कोलोराडोखबर संवाददाता , May 6th, 2024

नेपाल । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव अमेरिकामै रहेका बेला पार्टी विभाजन भएको छ ।

अप्रिल २९ देखि मे १ सम्म अमेरिकामा हुने जनसङ्ख्या सम्मेलनमा भाग लिन यादव अमेरिकामा रहेका बेला सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको हो ।

यसैक्रममा आइतबार पार्टीका नेता अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।

संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्