२९ बैशाख २०८१, शनिबार

आईपीएलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स विजयी

कोलोराडोखबर संवाददाता , April 28th, 2024

नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आईपीएल) मा शनिबारको खेलमा राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको जीत निकालेको छ ।

लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो ।

त्यसअघि लखनऊमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

शनिबारनै भएको पहिलो खेलमा मुम्बई इन्डियन्स दिल्ली क्यापिटल्ससँग पराजित भयो ।

आइपीएलमा आइतबार दुई खेल हुनेछन् । पहिलो खेलमा गुजरात टाईटन्स र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन् भने दोस्रो खेलमा चेन्नाई सुपर किङ्स र सनराईजर्स हैदराबाद भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्