२३ बैशाख २०८१, आईतवार

फर्किए कतारका अमिर, विभिन्न ८ विषयमा सम्झौता

कोलोराडोखबर संवाददाता , April 25th, 2024

नेपाल । मंगलबार दिउँसो नेपालको राजधानी काठमाडौं उत्रिएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार दिउँसो स्वदेश फर्किएका छन् ।

नेपाल रहँदा थानीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

कतारी राजा थानीको भ्रमणका क्रममा नेपाल–कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।

प्रधानमन्त्री दाहालसँग बुधबार सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालयअन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको छ ।

सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारी समकक्षीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्