२३ बैशाख २०८१, आईतवार

बागमती प्रदेशमा अब नेपाली , तामाङ र नेपाल भाषामा सरकारी कार्यालका बोर्ड लेख्नुपर्ने

कोलोराडोखबर संवाददाता , April 25th, 2024

नेपाल । बागमती प्रदेशका सरकारी कार्यालयले तीन भाषामा सूचनापाटी राख्नुपर्ने भएको छ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली , तामाङ र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो ।

प्रदेशको मन्त्रिपरिषद्‌ बैठकले २४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । सोही दिन बागमती सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन भएको अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशवासीमा संस्कृति र पहिचानको अपनत्व महसुस गराउन ऐन कार्यान्वयन हुने दिनमा बिदा दिइएको श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहोस्