नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले यो २०८१ सालभर बालुवाटार र सिंहदरबारतिर आँखा लगाउन नहुने बताएका छन् ।
समुदायमा कांग्रेस अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित संवाद यात्राका क्रममा बाँके आइपुगेका थापाले सो कुरा बताएका हुन् ।
मध्य दिनसम्म बाँकेमै रहेका थापाले बिहान शुरूमा नेपालगञ्जमा उद्योगी व्यवसायीसँग संवाद गरे । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले आयोजना गरेको उद्योगी व्यवसायी संवादमा उनले उद्योगी व्यवसायीका समस्या र गुनासा सुने ।
प्रतिक्रिया दिनुहोस्