नेपाल । त्रिकोणात्मक टि–२० सिरिजमा आइतबार भएको खेलमा नेपालले भारतको प्रदेश टीम गुजरातलाई ८ विकेटले पराजित गरेको छ ।
गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा पूरा गर्यो । अनिलकुमार शाहले ३२ र कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरात १८ ओभर २ बलमा ९८ रनमा समेटिएको थियो । गुजरातका ओपनर रुद्र पटेलले २३ र हेमंग पटेलले २० रन बनाएका थिए । बलिङमा नेपालका गुलशन झाले ४, करन केसीले ३ र सोमपाल कामीले १ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्