नेपाल । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न १९ विधामा सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनी, संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ।
आन्तरिक राजस्व विभागले गरेको विशेष कार्यक्रममा आर्थिक वर्ष २०८१र८२ मा उत्कृष्ट कर सहभागिता जनाउने करदातालाई सम्मान गरेको हो। यसअघि १६ विधामा सम्मान गरिँदै आएकामा यस वर्ष विधाको सङ्ख्या बढाएर १९ पुर्याइएको छ।
मूल्या अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मङ्सिर १ गतेको स्मरणमा सरकारले २०६९ सालदेखि हरेक वर्ष राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललगायतले उत्कृष्ट करदातालाई सम्मान प्रदान गरे।
विभागका अनुसार निकायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ। त्यस्तै, व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाह र एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल सम्मानित भएका छन्।
वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि, सूचना प्रविधिसम्बन्धी सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस् नेपाल र कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसिबी फुड्स एन्ड फिड्स प्रालिले उत्कृष्ट करदाताको सम्मान पाएका छन्।
यस्तै, बैंकिङ क्षेत्रतर्फ नबिल बैंक, जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल ९एलआईसी०, निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र लघुवित्त क्षेत्रतर्फ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड उत्कृष्ट करदाता बनेका छन्।
स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि, रेमिटेन्स तथा मनी ट्रान्सफर व्यवसायतर्फ आईएमई लिमिटेड र विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालि सम्मानित भएका छन्।
यसैगरी, वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालिले सम्मान प्राप्त गरेको छ। कारोबार सीमाका आधारमा वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्नेमध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड तथा वार्षिक ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म कारोबार गर्नेमध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन्। मूल्य अभिवृद्धि कर (भ्याट) विवरण तथा सोबमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाउने करदातामध्ये हिमालयन डिस्टिलरी लिमिटेडले सम्मान प्राप्त गरेको विभागले जनाएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्