नेपाल । शंकास्पद गतिविधि गरेको आशंकामा काभ्रेको पाँचखालस्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले मंगलबार छापा मारी ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
स्थानीएको विशेष सूचनाका आधारमा काभ्रे प्रशासन र प्रहरीको संयुक्त टोलीले छापा मारेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रबिन विष्टले सो क्रममा केही थान ल्यापटप र मोबाइलसहित उनीहरूलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको जानकारी दिए।
त्यहाँ दुईवटा कोठा थप शंकास्पद देखिएपछि सिआइबीको टोलीलाई समेत अनुसन्धानका लागि झिकाइएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्