१५ आश्विन २०८३, बिहीबार

हिमबाढीसम्बन्धी अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली चयन

कोलोराडोखबर संवाददाता , October 1st, 2026

नेपाल । हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशुलीमा आएको हिमबाढीसम्बन्धी अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा चयन हुनुभएका सांसद गणेश पराजुलीले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सभामुख डोलप्रसाद अर्यालले सिंहदरवारमा पराजुलीलाई शपथ ग्रहण गराउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता समेत रहनुभएका पराजुलीको सभापतिका लागि एकल उम्मेदवारी परेको थियो ।

असोज ५ गते गठित १५ सदस्यीय विशेष समितिको सभापतिको चयन हुन बाँकी थियो । सिंहदरवारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा उहाँ सभापतिमा सर्वसम्मतले चयन हुनुभइ पद तथा गोपनीयताको शपथ लिनुभयो ।

प्रतिक्रिया दिनुहोस्