३ आश्विन २०८१, बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाए विश्वासको मत

कोलोराडोखबर संवाददाता , March 14th, 2024

नेपाल । एकाएक सत्ता गठबन्धन फेरिएपछि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएका छन् । प्रतिनिधिसभा बैठकमा उनले १५७ जना सांसदको विश्वास पाए ।

२६८ सांसदले भोट हालेकामा दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको छ । एकजना तठस्थ बसेका छन् ।

विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्थ्यो । उनलाई एमाले, रास्वपा, जसपा, नेकपा एस र नाउपाले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्